OLYMPUS DIGITAL CAMERA

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध चयन भएका छन्। शनिबार जनकपुरधाममा भएको पार्टीको पहिलो महाधिवेशनले डा राउतलाई निर्विरोध चयन गरेको हो।

डा. राउत निर्विरोध अध्यक्षमा चयन भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो। उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, बसन्त कुशवाहा, दीपककुमार साह र नरेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन्। महासचिव पदमा चन्दनकुमार सिंह चुनिएका छन्।

सोमबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार पार्टीको कार्यसमितिमा ८ जना महिलाले प्रतिनिधित्व गरेका छन्। निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए।

तपाईको प्रतिक्रिया