झापा । झापाको दमकमा रहेको शिखा सहकारीले बेइमानी गरेको छ ।

दमकमा कार्यालय रहेको यो सहकारीले बिना स्वीकृति गौरादहमा शाखा चलाइरहेको छ ।

केही महिनाअघि शाखा खोलेको यो सहकारीले अहिले पनि गौरादहबाट काम गरिरहेको छ । तर, स्वीकृति लिएको छैन । सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सहकारी रजिष्टार कार्यालयबाट स्वीकृति लिनुपर्छ ।

यो सहकारीले सुरुवातमा गौरादहमा साइनबोर्ड नै राखेर सेवा दिइरहेको थियो । तर, पछिल्लो समय शिखाल त्यहाँबाट साइनबोर्ड भने हटाएको छ । स्वीकृति बिना चलाएकाले सहकारीको साइनबोर्ड हटाइएको शिखा बचत तथा ऋण सहकारीका अध्यक्ष तेजकुमार श्रेष्ठले बताए । उनले चाँडै स्वीकृति लिने पनि बताए । उनले झापाभरि कार्यक्षेत्र भए पनि ऐनले स्वीकृति नलिई सञ्चालन गर्न नमिल्ने भनेको स्वीकार गरे ।

प्रदेशले हामीलाई हाम्रो कार्यक्षेत्र झापाभरि भए पनि ऐनले जबसम्म स्वीकृति दिँदैन तबसम्म बोर्ड नराख्नुहोस् भनेको छ,’ उनले भने, ‘हाम्रो बैशाखको पहिलो साता स्वीकृति पाउँछ ।’ उनले पछि त्यो सेवा केन्द्र हुने बताए । तर, अहिले पनि बोर्डबिना सम्पूर्ण कारोबार त्यहीबाट भइरहेको छ ।

अध्यक्ष श्रेष्ठ भने त्यहाँबाट पैसा संकलन भए पनि दमकको केन्द्रीय कार्यालयमै ल्याइने गरेको दाबी गर्छन् ।

तपाईको प्रतिक्रिया