काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको विषय अघि बढ्न नसक्ने बताएका छन् । ‘प्रधानमन्त्री केपी ओलीलाई अहिले पनि माओवादी केन्द्रको समर्थन छ, त्यसैले ओली नेतृत्वको सरकार बहुमतकै सरकार छ, त्यस्तो अवस्थामा संसदमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सक्दैन,’ नेता सिंहले भने ।

मोरङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सिंहले जनता समाजवादी पार्टीले कांग्रेसले नयाँ सरकार बनाउनका लागि केही गरेन भनेर दोष दिएकाेप्रति पनि असन्तुष्टि जनाए । ६३ सिट रहेको कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव लैजान नसक्ने भन्दै उनले संसद्को अंकगणितबारे सबैलाई जानकारी रहेको पनि बताए । ‘सरकार परिवर्तन भनेको संसद्भित्रकै समीकरणबाट गर्नुपर्छ । माओवादीले समर्थन फिर्ता नलिएसम्म यो बहुमतकै सरकार छ । बहुमत बाँकी छँदै कांग्रेसले के गर्ने ?’ सिंहले भने ।

गत ५ पुसमा प्रतिनिधिसभा विघटन हुँदा कसले के बोल्यो भन्ने कुरा जनताले लेखाजोखा राखेको पनि सिंहले बताए । सिंहले नेपालको कम्युनिस्टहरूको डिक्स्नरीमा नैतिकता भन्ने शब्द नभएको र राजनीतिमा नैतिकता नहुँदा तानाशाहको जन्म हुने बताए ।

तपाईको प्रतिक्रिया