तेह्रथुम, २६ मंसिर । तेह्रथुममा समानुपातिक तर्फको पनि मत परिणाम सार्वजनिक भएको छ । प्रत्यक्षतर्फ सबै सीट जितेको नेकपा एमाले समानुपातिक तर्फ पनि पहिलो पार्टी बनेको छ । समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश सभा दुवै तर्फ एमाले पहिलो, कांग्रेस दोश्रो र नेकपा माओवादी केन्द्र तेश्रो पार्टी बनेका छन् ।

देशभर चर्चामा रहेको विवेकशील साझा पार्टीलाई  पनि जिल्लाबासीले २ सय ६९ दिएका छन् ।

प्रतिनिधि सभातर्फ कुल खसेको मत ४४ हजार २ सय २२ मध्ये २ हजार ९ सय ६७ मत बदर भएको छ । सदर मत ४१ हजार २ सय ५५ मध्ये नेकपा एमालेले १८ हजार ४ सय १८ मत प्राप्त गर्दै पहिलो पार्टी बनेको हो । नेपाली कांग्रेसले १६ हजार ९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ३ हजार ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघीय लिम्बुवान मन्चले १ हजार ५ सय ८२ मत पाएको छ । नयाँ शक्ति नेपालले ६ सय ५, राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ५ र संघीय समाजवादी फोरमले २ सय १२ मत पाएको छ । देशभर चर्चामा रहेको विवेकशील साझा पार्टीलाई  पनि जिल्लाबासीले २ सय ६९ दिएका छन् ।

राप्रपाले १ सय ५८, राप्रपा प्रजातान्त्रिकले १ सय २०, नेकपा मालेले १ सय ११, नेपाली जनता दलले १ सय १६ मत पाएको छ । आमुल परिवर्तन मसिहा पार्टीले ८५, मंगोल नेशनल अर्गनाइजेसनले ३८, देशभक्त जनगणतान्त्रिकले ५२, राप्रपा राष्ट्रवादीले ३६, राष्ट्रिय जनमोर्चाले २४, नेपाल मजदुर किसान पार्टीले २०, राजपा नेपालले ११ मत पाएका छन् । अन्य २० राजनीतिक दलले १० मत कटाउन सकेका छैनन् भने नौ राजनीतिक दलको अवस्था शुन्य देखिएको छ ।

प्रदेश सभा–१ मा नेकपा एमालेले ९ हजार ७ सय ८० मत पाएको छ । कांग्रेसले ८ हजार ५ सय ७७, माओवादी केन्द्रले १ हजार ४ सय ३८, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले ९ सय ६६ मत पाएका छन् । उम्मेदवार नै नभएको विवेकशील साझा पार्टीले प्रदेश सभामा पनि १ सय ५४ मत पाएको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले १ सय ७३, संघीय समाजवादी फोरमले १ सय २३, नयाँ शक्ति पार्टी नेपालले १ सय ४६ र राप्रपाले १ सय १७ मत पाएका छन् ।

प्रदेश सभा–२ मा नेकपा एमालेले ७ हजार ९ सय २८ मत पाएको छ । कांग्रेसले ६ हजार १ सय ८६, माओवादी केन्द्रले १ हजार ३ सय ७८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ हजार ४१ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरमले १ सय १४ र नयाँ शक्ति पार्टीले ३ सय १० मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ मत गणना सकेर परिणाम घोषणा गरेको हो । प्रदेश सभा–१ मा १९ हजार ९ सय ५८ र प्रदेश सभा–२ मा २४ हजार २ सय ६४ मत खसेको थियो । जिल्लामा कुल ६६ हजार ६ सय ६७ जना मतदाता रहेका थिए ।

प्रतिनिधि सभातर्फ कुन पार्टीले कति ल्याए ?

 

 

प्रदेश सभा-१ मा कसले कति मत पाए ? हेर्नुहोस् ।

प्रदेश सभा-२ मा कसले कति मत पाए ? हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया