‘म नेपालका प्रधानमन्त्रीलाई दाजु या भाई भन्न सक्छु तर अमेरिकाका राष्टपतिलाई सर भन्नुपर्छ । दाजुभाई भन्नुमा आत्मीयता छ, सर भन्नुमा छैन ।’
वीरबहादुर अर्थात्, डा. वेरी विलायेक २०३० सालमा इलामको नामसालिङ स्थित नामसालिङ माविमा पिसकोर स्वयंसेवक बनेर आएका थिए । अढाई वर्षका लागि आएका थिए । त्यसपछि उनको शरीर स्व्देश फर्कियो तर मन फर्किएन । त्यसपछि उनी निरन्तर नेपाल आइरहे ।
अहिले सम्मपनि नेपालको बिकासमा क्रियाशील छन् । खासगरी उनी इमालमा क्रियाशील छन् ।
उनी आधा अमेरिका बस्छन्, आधा नेपालतिरै हुन्छन् । यहिँका रैथाने नेपाली जसरी बस्छन् । नेपाललाई उनी कति असाध्यै माया गर्छन् । कति माया गर्छन् त ? उनको वयान पढौं ः
मेरो नाम वीरबहादुर
कुरा २०३० सालको हो । म पिसकोरको शिक्षक भएर पहिलो पटक दुई बर्ष ६ महिनाका लागि नेपाल आएँ ।् मेरो काम गर्ने ठाउँ इलामको नामसालिङ स्थित नामसालिङ मावि थियो। त्यहाँ मैले गणित र विज्ञान पढाउनु पथ्र्यो ।
मलाई नेपाल आउनु अघि नै पिसकोरको साथीहरुले नेपाली नाम वीरवहादुर राखिदिएका थिए । त्यतिबला मलाई अरु देश जाने अवसर पनि थियो । तर नेपाल नै रोजें । किनभने त्यो वेला नेपालमा मोटर एक हजार चार सयवटा मात्र थियो ।
नेपाल पछाडि पर्नुको मुख्य कारण शिक्षाको विकास ढिला हुनु हो । कम्तिमा ६० बर्ष अघि नै शिक्षाको विकास भइदिएको भए नेपाल धेरै अगाडि बढ्ने थियो ।
अमेरिकामा मोटरको प्रदुषण धेरै थियो । थोरै समय भएपनि प्रदुषण मुक्त ठाउँमा वस्न नेपाल रोजेको थिएँ। नेपाल आएर नामसालिङ माविमा पढाउन थालें । यहाँ आएपछि नेपाली भाषा सिक्न धेरै प्रयास गरें ।
विद्यालय नजिकै डेरा थियो । त्यहाँका मान्छेले विहानै दूध हालेर चिया खान्थे । दही मोही खान्थे । मलाई पनि दिन्थे । तर डेरा बस्नेलाई सधैभरी दिएर साध्ये हुदैनथ्यो। मलाई गाई नै पालेर दूध खाने रहर लाग्यो । तर, डेरा बस्नेले घा“स कसरी काट्नु ? खोले कसरी खुवाउनु ? गाहे थियो ।
स्थानिय नन्दलाल रिमालसँग सम्झौता गरें । म गाई किन्ने पैसा निकाल्छु । चारको एक भाग दूध मलाई, तीन भाग उनलाई भनेर सम्झौता गरियो। सात सय रुपैयाँमा गाई किन्यौं । फुर्सदमा घास काट्न प्रयास गर्थे र सहयोग पनि गर्थें । डेराबाट रिमालको घरसम्म आफैं दूध लिन जान्थे ।
चिप्लिएर लडेपछि
बर्खाको बेला थियो एक दिन दूध लिएर फर्कंदै गर्दा चिप्लिएर लडें । दूध पोखियो । बाटो खराब भएकोले लडेको थिएँ। दिउँसो सबैले राम्रो बाटो बनाऔं भनेर छलफल गर्यौं र निर्णय लियौं । तीन महिनासम्म प्रत्येक दिन विहान दुई घण्टा बाटो खन्यौं । बिहान सबैजना भेला भएर गीत गाउँदै काम गर्दा दुई महिनामा आधा माइल राम्रो बाटो बन्यो ।
यहाँका मान्छेले बिना स्वार्थ आफ्नो ठाउँका लागि काम गर्दा अचम्म लाग्यो । जुन मेरो देसमा सम्भव थिएन । मैले प्रस्ताव गर्दा सबैले यत्ति लामो काम गरेपछि मलाई ऋणी भएको अनुभुति भयो ।
त्यसबेला गाउँको प्रधानपञ्च रमेशचन्द्र गुरागाईले समेत काम गरेका थिए । बाटो मात्रै नभएर सामाजिक कामहरु अचम्म लाग्दोसँग हुन्थ्यो । पैसामा भन्दा बढी काम जनसहभागितामा हुन्थ्यो । सबैले दाजु भाई दिदी बहिनी भनेर बोल्थे । मानिसहरु आफ्नो ठाउँका लागि बिना ज्याला काम गर्न तयार थिए ।
यसवाट मैले धेरै कुरा सिक्ने मौका पाएँ ।
मानिसहरुमा उत्साह थियो, जाँगर थियो तर गाउँमा सामान्य स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत थिएन । मैले आफ्नो लागि धेरै मेडिसिन लिएर आएको थिएँ, पढाई त्यही बिषय भएकाले उपचार सम्बन्धमा सामान्य जानकार थिएँ । डाक्टरको काम पनि गरें । गाउँको मान्छेले डाक्टर मान्यो । अढाई बर्ष बिताएपछि फर्कने बेला भयो तर मलाई दाजुभाई दिदी बहिनीको आत्मियताको सन्देश अमेरिका पुर्याउनु थियो ।
अमेरिका फर्किएपछि
अमेरिका पुगेर १० जना साथीहरु भेला पारेर मासिक बचत गर्न थाज्यौं । नामसालिङमा पनि प्रत्येक परिवारबाट पाँच रुपैयाँ भेला गर्न थालियो । एक घरबाट बार्षिक ५ दिन श्रमदान गर्ने प्रचलन सुरु भयो ।
आयोजना माथिवाट आउछ, दिगो हुदैन । स्थानिय मान्छे आफैले योजना बनाउँदा दिगो हुन्छ । दुई हप्ता सम्म साथीहरुसँग गफगाफ गर्दै एक सय बर्षको योजना बनायौं । त्यसले स्वास्थ्य, शिक्षा, यातायात, महिला विकास सबैलाई समेट्यो । अनी एउटा नाटक लेखेर नामसालिङका गाउँलेलाई भेला पार्यौ र देखायौं । डेढ सय जनाले हेरे, मजा भयो । २०४१ सालमा प्रधानपञ्च गुरागाईको नेतृत्वमा सिडियोकोमा गएर संस्था दर्ता गरायौ । हो त्यही संस्थाले अहिले सम्म सामाजिक विकासको काम गर्दै आएको छ ।
मैले अनुमानित एक करोड डलर भन्दा धेरै नेपालमा खर्च गरेको छु । मेरो आफ्नै खल्तिको ५० हजार डलर मात्र हो । अरु रकम खोजेर ल्याएको हूँ । आएको रकमवाट स्वास्थ्य चौकी, स्कुल भवन, बिद्युत गृह बनाएका छौं । भवन बनाउनु भन्दा सिप धेरै सिकाएको छौं । ७० भन्दा बढी योजना बनाएको छौ । चार महिना अध्ययन गरेर योजना किताब निकालेपछि मात्रै काम गर्छौं । जसमा त्यहाँको मान्छेलाई सुबिस्ता केके छ, खाँचो केके छ, प्रतिबद्धता कस्तो छ, आयोजनामा केके हाल्ने भन्ने हुनुपर्छ ।
एक सय रुपैंयामा ३० देखि ४० रुपैयाँ स्थानीयले नै लगाउनु पर्छ ।
नेपाल किन पछि पर्यो ?
नेपाल पछाडि पर्नुको मुख्य कारण शिक्षाको विकास ढिला हुनु हो । कम्तिमा ६० बर्ष अघि नै शिक्षाको विकास भइदिएको भए नेपाल धेरै अगाडि बढ्ने थियो ।
नेपाली मान्छेको मन गहिरो भएकाले मन धनी छ, यसलाई नेताहरुले बुझेर काम गर्यो भने विकास हुन धेरै समय लाग्दैन । गाउँमा पर्म गरेर काम गर्छन् । यसबाट समुदाय कति मिलेर बसेको छ भन्ने देखिन्छ ।
मैले धेरै अमेरिका र क्यानडाका धेरै विद्यार्थी नेपाल ल्याएको छु । जसले इञ्जिनियर डाक्टर, फरेष्ट्री पढिरहेका छन् । उनिहरुलाई ल्याउनुको एक मात्र कारण नेपालका दाजु भाई दिदी बहिनीको आत्मियता अमेरिकामा पनि पुर्याउनु हो । मैले नेपालको प्रधानमन्त्रीलाई भेटे भने दाजु भन्न सक्छु । म ६१ बर्षको भएकोले उनको भन्दा मेरो उमेर बढी भएको हुनसक्छ । म भाई भन्न सक्छु । यो शब्दावलीमा आत्मियता छ । अमेरिकामा चाहिँ सर भन्नुपर्छ । सर भन्नुमा आत्मियता छैन ।
मैले एकपटक नेपाल ल्याएका विद्यार्थी बारम्बार आउन चाहन्छन् र आएका पनि छन् । नेपालमा काम गर्न चाहन्छन । म अमेरिकामा दिगो सामुदायिक विकास के हो, कसरी गर्नुपर्छ भनेर पढाउँछु । नेपालमा अब नातिको पुस्ता सोचेर विकास थाल्नुपर्छ । हाम्रो नातिले हामीले पाएको भन्दा धेरै स्वास्थ्य र बिकास पाओस् ।
म अब ३० बर्ष काम गर्छु । शरिर चलुञ्जेल रिटायर हुन्न । भगवानले दियो भने सबै काम नेपालमा गर्छु । मैले अहिलेसम्म मागेको त छैन तर दियो भने नेपाली नागरिकता लिन्छु । तर मेरो बिचारमा नागरिकको महत्व ठूलो छ तर त्यो भन्दा काम ठूलो छ ।
हाम्रो कथाबाट ।