काठमाडौँ । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ।
गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडिओमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।
निकेश खड्काको निर्देशनमा बनेको भिडिओमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ।
अनिल केसीको प्रस्तुती रहेको ‘फूल राम्रो’गीतको भिडिओलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको ‘आफ्नो मन’ च्यानलले निर्माण गरेको हो। भिडिओलाई सार्वजनिक भएको केही समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको निर्माण पक्षले जनाएको छ।
भिडियो हेर्नुहोस् ।