काठमाडौं । पुर्वसांसद तथा कांग्रेस झापाका नेता डा.शंकरप्रसाद उप्रेतीको निधन भएको छ । लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेतीका पिता डा. उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको हो ।

उप्रेती ०४६ सालको परिवर्तनपछि कांग्रेसका तर्फबाट छ वर्षसम्म राष्ट्रिय सभाको सदस्य भएका थिए । पञ्चाय विरोधी आन्दोलनहरुमा सत्रिय बनेका उप्रेतीले चिकित्सकका रुपमा ०१८ सालमा कैलालीको धनगढीबाट सेवा सुरु गरी भोजपुर हुदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षसम्म लाखौँ जनाको उपचार गरेका थिए ।

उप्रेतीको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो शोक व्यक्त गरेका छन् ।

‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भनेका छन् ।

तपाईको प्रतिक्रिया