काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले अब केपी शर्मा ओलीसँगको सहकार्यको कुनै सम्भावना नरहेको बताएका छन् ।

‘नेकपा फुटिसक्यो, अब जोडिदैन । अब कानुनीरुपमा मात्रै फुट्न बाँकी हो ।,’ उनले भने ।

नेता शर्माले अब नयाँ सत्तासमीकरणका लागि लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुने बताए । प्राइम टाइम टेलिभिजनसँगको कुराकानीमा नेता शर्माले सर्वोच्चको फैसलाले नेकपाको प्रचण्ड–माधव समूह नै मुलधार हो भन्ने पुष्टि गरेको दाबी गरे ।

‘अब निर्वाचन आयोगले आधिकारिकता दिने विषयमात्रै हो, नेकपाको मुलधार प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टी नै हो,’ उनले भने ।

नेता शर्माले प्रधानमन्त्री ओलीसँग अब राजीनामा गर्नुबाहेक अर्को विकल्प नभएको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा भने टिप्पणी नगर्ने बताए । ‘अब ओलीजीसँग कुनै विकल्प बाँकी छैनन् । उहाँले राजीनामा दिनुपर्छ ।’ उनले भने ।

उनले सर्वदलीय सरकार बनाउनुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया