काठमाडौँ।स्मार्टफोन, ल्यापटप, कम्प्युटर, ट्यावलेट जस्ता ग्याजेटसँग हामी निकै नजिक छौँ । आजभोलि हाम्रो दैनिकी यिनै ग्याजेटबाट सुरु भएर ग्याजेटमै अन्त्य हुन्‍छ । सामान्यतया दिनमा कति समय यस्ता ग्याजेट ९इलेक्टोनिक उपकरण०मा समय बित्छ हामीलाई पत्तै हुँदैन ।

अत्याधिक स्क्रिन समय बिताउँदा धेरैलाई विभिन्‍न प्रकारको स्वास्थ्य समस्या देखापर्छन् । यसबाट मोटोपन, मधुमेह, आँखाको समस्या, रक्ताचाप बढ्ने, आलस्यता, ‘डिप्रेसन’ र निद्रा नलाग्ने जस्ता समस्याहरू उत्पन्‍न हुने विभिन्‍न अध्ययनले देखाएको छ । यस्तो लत बसिसकेकाले चाहेर पनि स्क्रिन समय घटाउँन सक्दैनन् । स्वस्थ्य जीवनको लागि स्क्रिन समय घटाउन अत्यावश्यक छ । यी हुन् स्क्रिन समय घटाउने सजिला पाँच उपाय स्

कति समय स्क्रिनमा बिताउनुहुन्‍छ रेकर्ड राख्नुहोस्
हामीले दिनमा कति समय स्क्रिनमा बिताउँछौँ याद गर्नुपर्छ । यसले स्क्रिन टाइम घटाउने मद्दत गर्छ । मोबाइलको स्क्रिन समय घटाउन प्ले स्टोरमा गएर ‘स्क्रिन टाइम ट्रयाकर’ एप्लिकेसन डाउनलोड गर्न सकिन्‍छ । त्यसले हामीले दिनमा कति समय मोबाइलमा बिताउँछौँ देखाउँछ । एपले धेरै समय मोबाइल चलाएको देखायो भने हामीले त्यसबाट स्क्रिन समय नियन्त्रण गर्न सघाउँछ ।

बाथरुम जाँदा फोन नलैजानुहोस्
धेरैको बानी बाथरुम जाँदा पनि फोन लैजाने हुन्‍छ । यो एकदमै नराम्रो बानी हो । फोन लगेपछि हामीले अन्य बेलाभन्दा बढी समय बाथरुममा बिताउँछौँ । सामाजिक सञ्जाल र युट्युब भिडियोले मानिसलाई बाँधेर राख्छ । कतिपयको बानी बाथरुममा बसेर गेम खेल्ने पनि हुन्‍छ । यसो गर्नाले हामीले नजानिदो पाराले आफ्ना समय स्क्रिनमा बिताइरहेका हुन्‍छौँ । त्यसैले, स्क्रिन टाइम घटाउने हो भने बाथरुम छिर्दा फोन बाहिरै राखेर जानुपर्छ । यसले स्क्रिन समय घटाउनुको साथै कहिलेकाहीँ ग्याजेट बाथरुमभित्र छिर्ने समस्याको पनि समाधान गर्छ ।

परिवारसँग समय बिताउँदा मोबाइल नचलाउनुहोस्
परिवारसँग समय बिताउँदा सकेसम्म मोबाइल प्रयोग गर्नुहुँदैन । परिवारिक छलफल चलिरहेको बेला मोबाइल चलाउने बानी धेरैको हुन्‍छ । यस्तो बानीले उनीहरूलाई परिवारका सदस्यबाट बिस्तारै टाढा बनाउँछ । परिवारसँग समय बिताइरहेको बेला आवश्यक परेमा मात्र मोबाइल चलाउनुपर्छ । स्क्रिन समय घटाउन घरमा खाना बनाउने, सरसफाइ गर्ने, बगैँचाको काम गर्ने जस्ता गतिविधिमा सहभागी हुन सकिन्‍छ ।

मोबाइल लैजान नमिल्ने ठाउँहरू तोक्नुहोस्
हामी बाथरुम, बेडरुम र किचन जता जान्‍छौँ मोबाइल उतै लैजान्‍छौँ । यसले पनि हाम्रो स्क्रिन समय बढाइरहेको हुन्‍छ । यी मोबाइल चलाउने ठाउँ होइनन् । डाइनिङ टेबलमा खाना खादै मोबाइल चलाउने बानी छ भने त्यो परिवर्तन गर्नुपर्छ । त्यस्तै, बेडरुममा मोबाइल लैजादा सुत्ने र उठ्ने समयको टुङ्गो हुँदैन । त्यसैले, बेडरुम जाँदा सकेसम्म मोबाइल बेडभन्दा केही पर थन्काएर जानुपर्छ । त्यसले हाम्रो निन्द्राको तालिकालाई अनुसासित बनाउँछ । र, स्क्रिन टाइम घटाउँछ ।

अनावश्यक ‘एप’हरू अनस्टल गर्नुहोस्
मोबाइलमा हामीसँग जतिधेरै ‘एप’ हुन्‍छ उति धेरै मोबाइल चलाउन मन लाग्छ । त्यसैले, मोबाइलमा हामीले सकेसम्म आफूलाई आवश्यक पर्ने ‘एप’मात्र राख्नुपर्छ । स्क्रिन टाइम ट्रयाकरले हामीले कुन ‘एप’ सबैभन्दा बढी चलाउँछौँ त्यो देखाउँछ । यसले हामीलाई ति ‘एप’ नियन्त्रण गरेर चलाउन मद्दत गर्छ र, स्क्रिन टाइम घटाउँछ ।

तपाईको प्रतिक्रिया