काठमाडौं ।पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त मैनावारी हुनु आदि कारणले पेटदुखछ। घरमै उपलब्ध हुने औषधीहरुबाट हामी यस्ता रोगहरुलाई भगाउन सक्छौँ ।

घरेलु उपचार

— हर्रोलाई घ्यूमा भुटी त्यसलाई पिसेर धुलो बनाउनुहोस् । हर्रोको धूलो २ ग्राम तातो पानीमा मिलाई सेवन गर्नाले पेटमा भएको ग्यास बाहिर निकाली पेट दुखाई निको गराउँदछ ।

— १ चम्चा जिरा पिसेर त्यसलाई चिनी वा मिश्रीमा मिलाई खानाले पेट रोग निको हुन्छ ।

— साँफ र सेतो नुन बराबर मात्रामा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ ।

— दुई चम्चा मुलाको रसमा ३/४ दाना कालो मरिच पिसेर मिलाउनुहोस् र फेरि यसमा एक चिम्टी नुन मिलाई सेवन गर्नुहोस् जसले पेटको दुखाइलाई आरमपूर्वक मेटाइदिन्छ ।

— थोरै हिङ नाइटोको वरिपरि लगाउनाले पनि पेट रोग निको हुन्छ ।

— पोको जामुनको ३/४ चम्चा रस सेवन गर्नाले पेट रोग निको हुन्छ ।

— एक चम्चा अजवायन, एक चिम्टी हिङ पाउडर र दुई चिम्टी कालो नुन तातोपानीमा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ ।

— ४/५ वटा अम्बाका पातहरु पानीमा मिलाई पिसेर सेवन गर्नाले पेट रोग निको हुन्छ ।

यस्ता घरेलु उपचारको प्रयोग गरियो भने पेट दुखाईलाई कम गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया