काठमाडौँ । संसद पुनर्स्थापनाको माग गर्दै चौथो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड नेपाल समूहले बुधबार देशभर खुसियाली सभाको आयोजना गर्ने भएको छ अदालतको फैशाला सोचे अनुरुप आएको र यसमा आफुहरु खुसी भएको रर अदालतको फैशलालाई विजय जुलुस निकालेर खुसी मनाउने नेकपा प्रचण्ड – माधव समूहले जनाकारी दिएको छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै प्रचण्ड(नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरिएको छ।

संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

काठमाडौँमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको छ । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ ।

यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने नेकपा समूहले जनाएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।

तपाईको प्रतिक्रिया