तेह्रथुम । लालिगुराँस नगरपालिकामा रहेको चोरुलुङ पार्कमा लिम्बु देवारी घर निमार्ण हुने भएके छ। लिम्बु समुदायको सामाजिक ईतिहास तथा संस्कार संरक्षण गर्ने उदेश्यका साथ घर निमार्ण गर्न लागिएको हो ।

घर निमार्णका लागि नरेश नाल्बो र आशा नाल्बोले १५ लाख सहयोग गरेका छन् । सान्थाक्रा ताप्लेजुङ बाट , पथरी ५ मा स्थाइ बसोबास भई हाल युकेमा बस्दै आएका नाल्बो परिवारले पेगिफाङसाम हिम अर्थात देवारी घर निमार्ण गर्नका लागी १५ लाख सहयोग गरेका हुन्।

लालिगुराँस नगरपालिका प्रमुख अर्जनु माबोहाङ र दम्पतीका प्रतिनिधी मबेन्द्र नाल्बो बिच सम्झौता गरी घर निमार्णका लागी पहिलो किस्ताको ८ लाख रुपँया रकम हस्तान्तरण भएको नगरपालिकाले जनाएको छ । लिम्बु समुदायको सामाजिक ईतिहास तथा संस्कार संरक्षण गर्ने उदेश्यका साथ दम्पतीले सहयोग गरेको बताएका छन ।

घर निमार्ण भए पछि मुन्धुक प्रशिक्षण,मुन्धुम सिकाउनुका साथै लिम्बु समुदायको फेदाङमा,येबा,साम्बा तथा येमाहरुको ज्ञान दिने घरको रुपमा स्थापित हुने जनाएकाे छ ।घर  निमार्ण अबकाे २ महिना भित्रमा सम्पन्न हुने नगरपिालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया