तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङ्गमा फुटबल स्तम्भ राख्ने तयारी भएको छ । स्तम्भको अनावरणकै सन्दर्भमा फुटबल स्तम्भ उद्घाटन मेला सञ्चालन हुने भएको छ ।

कालिका आधारभुत विद्यालयको मैदानमा सञ्चालन हुने मेलामा गजेन्द्र इस्बो स्मृति रनिङ फुटबल कप, विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने भएको हो ।

१७ फागुदेखि २३ फागुनसम्म सञ्चालन हुने मेला खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आधारभुत विद्यालयले संयुक्तरुपमा आयोजना गरेका हुन् । मेलामा खुला पुरुष तथा महिला फुटबल खेल र सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी भएको आठराई गाउँपालिका–२ का वडाध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।

मेलामा पुरुष र महिला फुटबल, ब्याडमिण्टन डब्बल, धाननाच र क्लबस्तरीय सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । मेलामा पुरुष फुटबलतर्फ विजेताले एक लाख २० हजार र उपविजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फ विजेताले ६० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, धाननाच र सांस्कृतिकतर्फ विजेताले १५–१५ हजार र उपविजेताले १०–१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया