बारामा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको करैयामाई गाउँपालिका(५ बस्ने ४० वर्षीय महेन्द्र सहनी पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वषर्ीया एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप उनलाई लागेको छ ।

किशोरी रुँदै गएर आमालाई भनेपछि परिवार र समाजले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि स्थानीय जम्मा भएर सहनीको घर घेराउ गर्न पुगेका थिए ।

प्रहरी टोलीले सहनीलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान शुरु गरेको छ । किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सहनीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट मात्रै ५५ जनाभन्दा बढी प्रहरी र बरियारपुरबाट गएको सशस्त्र प्रहरी टोलीले स्थानीयलाई रोकेका थिए ।

करैयामाई(५ का वडा अध्यक्ष उमेश चौधरीले गाउँकै किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सहनीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनका अनुसार सहनी पहिले पनि यस्ता अवान्छित गतिविधिमा संलग्न रहेको भन्दै स्थानीय आक्रोशमा आएका थिए ।

तपाईको प्रतिक्रिया