काठमाडौं । सामाजिक अभियन्ता सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्ने पक्राउ परेका छन् ।

विनयजङ्गले सपनालाई अभद्र व्यवहार गरेको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार उनलाई पक्राउ गरेको हो । सपनाले आइतबार उजुरी दर्ता गराएकी थिइन् । मंगलबार प्रहरीले बस्नेतलाई गाेंगबुबाट समातेर ल्याएको हो ।

सपना र विनयजङ्ग पुशपति क्षेत्रमा बेवारिसे शव पहिचान गरी जलाउने काम गर्दै आएका थिए । सपना बीबीसीको एक सय प्रेरणादायक र प्रभावशाली महिलाहरुको सूचीमा परेकी थिइन् । त्यही बाहनामा सपना र विनयजङ्गको सम्बन्ध दुरी बढेको थियो ।

बस्नेतले अश्लील फोटो सार्वजनिक गरिदिने, अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप गरेको सपनाको आरोप छ ।

तपाईको प्रतिक्रिया