काठमाडौं, कार्तिक २४ । गायक सरण सापकोटा , बद्रि तिम्सिना र गायिका देवि घर्ति मगरको आवाजमा निकै मर्मस्पर्सी लोक दोहोरी गीत “नजाउ विरानो परदेशमा ” लाई बिन्दवासिनी म्युजिक प्रालिले आजबाट बजारमा उपलब्ध गराएको छ । सरण सापकोटाको शब्द , संगितमा बालकृष्ण स्वेच्छाले एरेन्ज गरेका छन ।
हजारौ नेपाली युवाको कथा बस्तुमा आधारित भएर तयार पारिएको गितमा मौलिक पनलाई समेटिएको छ । दुख सुख जस्तो सुकै परिस्थितिमा पनि आपसमा मिलेर नेपाली दाजुभाई विदेशी न बाट रोक्ने प्रयास गरिएको छ । मानो मुरी यहि धर्तिमा उमारेर आफनो जिवनका सुख र दुखका पलहरुलाई आफनै मातृभुमिमा ब्यक्त गर्ने बाचा कसम खाइएको छ । विरानो भुमिमा गरिने श्रम भन्दा आफनो जन्मभुमिमा नै कर्म गरेर खान गायीकाले आग्रह गरेकी छन । कतिपय मानिसहरुले विदेशमा परिश्रम गर्दा मृत्युको सधारमा पुगेका र सयोै चेली बलत्कृत हुनुपरेको अवस्थालाई देखाईएको छ ।
“नजाउ विरानो परदेशमा ”को भिडियोलाई ब्यस्त तथा चर्चित निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेका छन । उनीद्धारा निर्देशित गितले आम दर्शक तथा स्रोताको माग अधिक रहेको छ । सागर गौत्तमको छायाँकन , रमित ओलीले भिडियो सम्पादन गरेका छन । गीतको म्युजिक भिडियोमा मोडलिंग क्षेत्रका लागि निकै ब्यस्त मोडल करिश्मा ढकाल , सरण सापकोटा , उत्तम कार्किको अभिनय रहेको छ ।