संखुवासभा । संखुवासभामा नेकपा एमालेका उम्मेद्वार राजेन्द्रप्रसाद गौतम विजयी भएका छन्। गौतम १ हजार १३० मतअन्तरले विजयी हुनुभएको छ । उहाँले ३२ हजार ७६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक खड्काले ३१ हजार ६३९ मत ल्याउनुभयो ।
संखुवासभामा पहिलो चरणमा निर्वाचन भएको थियो। योसँगै पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये रसुवामा मात्र कांग्रेस विजयी भएको छ। बाँकी सबैमा वाम गठबन्धन विजयी भएका छन्।