काठमाडौँ । तेह्रथुमका सात जना पत्रकारहरु पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाले आफ्नो साधारण सभाको सन्दर्भमा विभिन्न पुरस्कारहरुबाट पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।

महासंघले तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका संवाददाता टीआर लिम्बू र प्राइम टाइम्स टेलिभिजनका संवाददाता विनोद भट्टराईलाई पुरस्कृत गरेको छ । सो पुरस्कारको राशी १३ हजार रुपैयाँ रहेको छ ।

महासंघले तेह्रथुम पत्रकारिता विकास सम्मानबाट तेह्रथुम पोष्ट साप्ताहिकका प्रधान सम्पादक टंक ढुंगाना र तीर्थबहादुर कटुवाललाई सम्मान गरेको छ ।

यस्तै, तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो तेह्रथुमकी रेजिना खड्का र रेडियो मेन्छ्यायेमकी भीमा लिम्बू तथा सहयोगी आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तेह्रथुमका विकास गुरुङ पुरस्कृत भएका छन् ।

पुरस्कृत सबैलाई पत्रकार महासंघका केन्द्रीय सदस्य लक्ष्मण कार्की, उद्धव तिम्सीना लगायत अतिथिहरुले पुरस्कृत गरेका छन् ।

महासंघको शाखाअन्तर्गत विभिन्न व्यक्ति तथा दाताहरुले स्थापना गरेका अक्षयकोषबाट पत्रकारहरुलाई पुरस्कृत गरिएको महासंघका जिल्ला अध्यक्ष नरेश ढुंगानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया