काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको सभापतिमा टिकाराम खुलाल चयन भएका छन् ।

शाखाको सातौँ साधारण सभा तथा चौथौ जिल्ला अधिवेशनले खुलालको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपसभापतिमा डिल्लीराम रेग्मी, सचिवमा डिकबहादुर बराल, सहसचिवमा शंकर जोशी र कोषाध्यक्षमा विमला श्रेष्ठ चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा कुमारी लिम्बू, कृष्णप्रसाद सुवेदी, टंकप्रसाद ढुंगाना, तिलबहादुर श्रेष्ठ, तुलसा कार्की, सीता खड्का, बीरबहादुर सुवेदी, प्रकाश धौलाकोटी, सरणकुमार रिजाल र पदमकुमारी लिम्बु चयन भएका छन् ।

साधारण सभा तथा अधिवेशन समाजकी केन्द्रीय सदस्य सीताकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा शाखाका पुर्वसभापति गोविन्द ढुंगाना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना र जिल्ला शाखा अध्यक्ष नरेश ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा तत्कालिन सभापति लक्ष्मीनारायण मिश्रले संस्थाको सांगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया