काठमाडौं । ताप्लेजुङ जल्लिामा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । दुईचरणमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अनुसार ताप्लेजुङमा समानुपातिक तर्फ एमाले पहिलो पार्टी बनेको छ । झण्डै ६ हजारको मतान्तरले एमाले अगाडि देखिएको हो ।

सोमबार अपराह्न सम्पन्न समानुपातिक तर्फको मत गणना अनुसार एमालेले २० हजार ७ सय ४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दोस्रो नेपाली काँग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्रले मत पाएका छन् । कांग्रेसले १४ हजार ७ सय ९९ मत पाएको छ भने माओवादी केन्द्रले ६ हजार ३ सय ४१ मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया