काठमाडौं, मंसिर २५ – प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई समानुपातिक मतपरिणाम भने दोस्रो स्थानमा पु¥याउने देखिएको छ । देशैभर भैरहेको समानुपातिक मतगणनामा नेपाली कांग्रेस समग्र रुपमा दोस्रो स्थानमा रहेको छ भने केही प्रदेशमा पहिलो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ जस्तै नेकपा एमाले समानुपातिकमा पनि पहिलो स्थान रहेको छ ।
एमालेले ५ लाख ३८ मत ल्याउँदा ५ लाख ५ हजार मत कांग्रेसले पाएको छ । यस्तै माओवादीको २ लाख ३७ हजार मत आएको छ । विवेकशिल साझाको २९ हजार ८ सय राप्रपाको २९ हजार, संघिय समाजवादी २२ हजार, नयाँशक्ती २० हजार, राप्रपा प्रजातान्त्रिकको ११ हजार र जनमोर्चाको ८ हजार भोट आएको छ ।
प्रदेशगत अग्रता
प्रदेश नम्बर १ मा १ लाख १८ हजार मतसहित एमाले अघि रहेको छ भने कांग्रेसको ९० हजार मत आएको छ । माओवादीको ३८ हजार मत आएको छ ।
प्रदेश नम्बर २ मा भने राजपा अघि रहेको छ । राजपाको २२ हजार मत आउँदा कांग्रेसको २० हजार मत आएको छ । एमालेको ५ हजार आएको छ ।
प्रदेश नम्बर ३ मा ८३ हजार मतसहित एमाले पहिलो स्थानमा छ । ३ नम्बर प्रदेशमा ६२ हजार मतसहित कांग्रेस दोस्र्रो र ३८ हजार मतसहित माओवादी तेस्रो स्थानमा छ ।
प्रदेश नम्बर ४ मा एमालेले ७१ हजार मत सहित पहिलो स्थानमा छ । ७० हजार मतसहित कांग्रेस दोस्रो स्थानमा र ३५ हजार मतसहित माओवादी तेस्रो स्थानमा छ ।
प्रदेश नम्बर ५ मा एमालेले ६० हजार मत पाएको छ । कांग्रेसले ५५ हजार र माओवादीले ३१ हजार मत ल्याएको छ ।
यस्तै प्रदेश नम्बर ६ मा भने एमाले, कांग्रेस र माओवादीको मत उस्तै उस्तै रहेको छ । एमालेको ६१ हजार मत ल्याउँदा कांग्रेसको ६० हजार र माओवादीको ५६ हजार मत आएको छ ।
प्रदेश नम्बर ७ मा भने कांग्रेस अघि रहेको छ । कांग्रेसको १ लाख ५ हजार मत आउँदा एमालेको ९६ हजार र माओवादीको ४२ हजार मत आएको छ ।