तेह्रथुम । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको तेश्रो चरणको आन्दोलन सोमबारदेखि सुरु भएको छ ।

सोमबार कांग्रेसका १३ वटा भातृसंस्थाहरुले देशैभरि संयुक्तरुपमा विरोध ¥याली तथा विरोध सभा गरेका छन् । तेह्रथुममा पनि भातृसंस्थाहरुले संयुक्त विरोध ¥याली निकालेका छन् । ¥यालीपछि लोकतान्त्रिक चोकमा भएको विरोध सभामा बोल्दै नेताहरुले ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए ।

कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ्ग संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।

सभामा कांग्रेस सभापति गोविन्द ढुंगाना, सचिव सन्तोष सुब्बा, तरुण दलका जिल्ला सभापति विपीन सुब्बा, प्रेस युनियनका केन्द्रीय सदस्य उद्धव तिम्सीना, महिला संघकी जिल्ला सभापति बसन्ती गुरुङ, किसान संघका सभापति नारायण सम्बाहाम्फे, नेपाल ट्रेड युनियन कांग्रेसका सभापति डिल्ली रेग्मी लगायत नेताहरुले बोलेका थिए ।

तपाईको प्रतिक्रिया