गुराँस न्युज । तेह्रथुम । तेह्रथुमका रेडियोकर्मी विनोद तामाङ पनि अब म्युजिक भिडियोमा देखिने हुनुभएको छ । रेडियो तेह्रथुममा कार्यक्रम प्रस्तोता तथा प्राविधिकको रुपमा कार्यरत तामाङले मोडलिङ यात्रा सुरु गर्नुभएको हो ।

तामाङको मुख्य अभिनय रहेको ‘रिसाई रिसाई तर्केर नजाऔँ….’ बोलको गीतको म्युजिक भिडियोको सुटिङ सकिएको छ । गायक दिपेन्द्र खड्काको स्वरमा रहेको सो गीत उहाँको एल्बम ‘कसम’ गीति एल्बममा समेटिएको सो गीतको म्युजिक भिडियोमा तामाङसँगै मोडल सेरोन राई पनि देखिनुहुनेछ ।

म्युजिक भिडियोलाई निर्देशक जीवन केसीले निर्देशन गर्नुभएको छ । म्युजिक भिडियोको छायांकन काठमाडौँको गोकर्ण र बानेश्वरमा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया