काठमाडौँ । राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरेको छ।

पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए।

आजको स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्काे एक उपसचिव पनि थप्ने निर्णय गरेको जानकारी दिए।

त्यस्तै पार्टी संगठनका पदाधिकारीहरु नियुक्तिको पनि छिट्टै निर्णय गर्ने आजको बैठकले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया