संखुवासभा, मंसिर २५ – संखुवासभाको मत गणनाको काम अन्तीम चरणमा पुगेको छ । ६ वटा बाकसमा भएका मत गन्न बाँकी रहेकोले २ घण्टा भित्र मत गणनाको काम सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार अहिले सम्म ६५ हजार बढी मत गणना भईसकेको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले २९६०५ मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धका एमाले उम्मेदवार राजेन्द्रप्रसाद गौतमले ३०६७१ मत प्राप्त गर्नुभएको छ ।