काठमाडौं । नेपाली कांग्रेसको युवा प्रचार नेटवर्कले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै संसदको अधिवेशन गरेको छ ।
युवाहरुले सडकबाटै प्रतिगमनकारी सरकारलाई १६ प्रश्न गरेका छन् ।
युवाहरुले प्रतिगमनलाई भिक्षा भन्दै जनही एक रुपैयाँ जम्मा गरी सरकारलाई पठाएका छन् ।
‘सरकारको खर्चको प्राथमिकता असंवैधानिक धरातलमा टेकेर चुनाव गराउनतर्फ छ, तर जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको कोरोना खोप किन्न सरकारसँग पैसा छैन, चन्दा मागिरहेको छ,’ नेटवर्कका सदस्य विकल राईले भने ।
युवाहरुले जनताको ७० वर्ष लामो संघर्षले बनाएको संविधान कुल्चेर संसद विघटनको दुष्प्रयास गर्ने तपाई कसरी नेपाली जनताको मान बन्न सक्नुहुन्छ ? तपाईको प्राथमिकतामा के छ नागरिकको जीवन कि सत्ताको खेल ? भ्याक्सिन किन्न पैसा नभएको सरकारसँग चुनाव गराउने पैसा कहाँबाट आउँछ ? लगायत १६ प्रश्न गरेका थिए ।