काठमाडौं– मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रतिनिधिसभातर्फ हालसम्म १४५ स्थानको नतिजा सार्वजनिक भएको छ ।
जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवार पनि पनि विजयी भएका छन् । अब प्रतिनिधिसभातर्फ मात्र १५ स्थानकाे अन्तिम नतिजा अाउन बाँकी छ ।
को कहाँ बिजयी भए हेर्नुहोस्