काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रकुमार कार्की विजयी भएका छन् । प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ४ मा उम्मेदवारी दिएका कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्र श्रेष्ठलाई पराजीत गरेका हुन् । एमाले उम्मेदवार श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले हराउँदै कार्की निर्वाचित भएका हुन्।
भोजपुरबाट प्रतिनिधि सभामा सिफारिसमा परेका कार्की भोजपुर छाडेर सुनसरीमा आएर उम्मेदवारी दिएका थिए । उनले ३२ हजार ३४७ मत पाए भने श्रेष्ठले २५ हजार ७५० मत पाएका छन्। कार्की यस अघि समानुपातिक सांसद् थिए ।