काठमाडौं । गत आर्थिक वर्ष २०७६\७७ मा तीनै तहका सरकारको गरेर करिब सात खर्ब रुपैयाँ बजेट फ्रिज भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७६\७७ को तीनै तहका सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अनुसार गत आवमा संघ प्रदेश र स्थानीय तहको ६ खर्ब ९८ अर्ब ९६ करोड रुपैयाँ फ्रिज भएको हो ।

गत वर्ष तीनै तहका सरकारको बजेट तथा खर्चमा दोहोरो परेको रकम हटाए पश्चात कुल बजेट १८ खर्ब ९० अर्ब १ करोड र कुल खर्च ११ खर्ब ९१ अर्ब पाँच करोड रुपैयाँ थियो ।

यता संघिय सरकारको राजस्व संकलन भन्दा खर्च बढी देखिएको छ ।

संघीय सरकारको खर्च १० खर्ब ९१ अर्ब १३ करोड रहेकोमा राजस्व संकलन ८ खर्ब ३१ अर्ब २४ करोड रुपैयाँ थियो ।

राजस्व संकलन भन्दा खर्च २.४९ प्रतिशतले धेरै हो ।

यस अवधिमा आन्तरिक ऋण र वैदेशिक लगानी क्रमशः १० खर्ब ४७ अर्ब २३ करोड र १ खर्ब ९४ अर्ब ९० लाख रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया