काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले माघे सक्रान्ति पर्वको शुभकामना दिएका छन् ।

विहीबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न यो पर्वले सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना !’

सभापति देउवाले नेपाल विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वहरुको आफ्नो विशिष्ट पहिचान र एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने परम्परा रहेको उनले बताएका छन् ।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन् ।

तपाईको प्रतिक्रिया