काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमाले र नेपाली काँग्रेसबीचको मतको टक्कर निकै देखिएको छ ।

तर काँग्रेसले एमालेलाई भेट्टाउन सकेको छैन । केही नजिक रहनासाथ एमाले अगाडि बढिसक्छ ।

पछिल्लो मतअनुसार एमालेको ३५०८७५ मत रहेको छ भने नेपाली काँग्रेसको ३४५८०५ मत रहेको छ ।

त्यस्तै माओवादी केन्द्रको १७१२५५, राष्ट्रिय जनता पार्टी नेपालको २४९६२, विवेकशील साझा पार्टीको १७७३८, राप्रपाको १४८९६, संघीय फोरमको १४५०८, नयाँ शक्ति पार्टीको १७७६२, राप्रपा प्रजातान्त्रिकको ७५२० र राष्ट्रिय जनमोर्चाको ५९२६ मत रहेको छ ।

४९ दलले मात्र समानुपातिकमा मत पाएका छन् । पुछारमा देशभक्त समाज रहेको छ । उसको २६ मत रहेको छ ।

तपाईको प्रतिक्रिया