सिरहा । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदिप गिरि विजयी भएका छन् । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी भएका छन् ।  उनले ११ हजार ११० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गरे।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया