काठमाडौँ । नेपाल पत्रकार मञ्चको छैटाैँ महाधिवेशनले अध्यक्षमा युवराज विद्रोहीलाई चयन गरेको छ । १७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिवमा विमल थापा, सचिवमा प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर र कोषाध्यक्षमा कमला नेपाल चयन भएका छन् ।

शनिबार भर्चुअल कार्यक्रममार्फत सम्पन्न उद्घाटन, प्रतिवेदन प्रस्तुति र चुनावी सत्र भएको थियो । आइतबार सीमित व्यक्तिहरूको भौतिक उपस्थितिमा निर्वाचन भएको थियो । मञ्चको सदस्यहरूमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुँयाल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौतलगायतले शुभकामना दिएका थिए । मञ्चमा दुई सयजना पत्रकार सम्मिलित छन् ।

तपाईको प्रतिक्रिया