काठमाडौं । बोस अनलाइन नेपालले सेवा शुभारम्भ गरेको छ । बोसले भौतिक उपस्थिति र अनलाइन दुवैमार्फत् सपिङ सेवा शुभारम्भ गरेको हो ।

किर्तिपुरको नयाँ बजारमा सोरुम राखेको बोसले आइतबारबाट औपचारिक रुपमै सेवा थालेको छ । उपभोक्ताको माग अनुसार सबै प्रकारका सामानहरु अनलाइनमार्फत् घर–घरमै उपलब्ध गराउने गरी सेवा दिन थालिएको कम्पनीका प्रबन्धक हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।

‘प्रविधिको प्रयोग बढेको छ, मानिसहरुको व्यस्तता पनि बढेको छ, त्यसैलाई आधार बनाएर हामीले घर–घरमै ब्राण्डेड सामानहरु पु¥याउने सेवा थालेका हौँ,’ उनले भने ।
बोसले देशी विदेशी सबै सामानहरु सुपथ र सहज रुपमा उपलब्ध गराउने उनले बताए ।

अनलाइन सपिङको संस्कार विकास भइरहेको नेपालमा ग्राहकको मन जित्नका लागि उद्घाटनको अवसरमा आकर्षक छुटको व्यवस्था गरिएको घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया