काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत् संविधान पार्सल पठाएका छन्।

संविधानसँगै शर्माले रोगले मरेका राजु सदा, भोकले मरेका सूर्यबहादुर तामाङ र असुरक्षाको सिकार बनेकी निर्मला पन्तको तस्बिर पनि पठाएका छन्।

उनले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि सोधेका थिए। अध्यक्ष  दुलालले सो संविधान र फोटो हुलाकमार्फत् प्रमलाई आइतबार पठाइने जानकारी दिए।

तपाईको प्रतिक्रिया