तेह्रथुम । कांग्रेस नेता तुलसी सुब्बाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदम सच्याइनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमै छैन, संविधानमै नभएको कुरा ओलीले गरेका छन्, जुन असंवैधानिक र अलोकतान्त्रिक छ,’ नेता सुब्बाले भने, ‘अब सर्वोच्च अदालतले संविधानको उपयुक्त व्याख्या गरेर यसलाई सच्याउनुपर्छ ।’

संविधानसभा सदस्य तथा कांग्रेसको महासमिति सदस्य रहेका नेता सुब्बाले प्रदेश सभा निर्वाचन क्षेत्र (ख) समितिले फेदाप गाउँपालिकाको पोक्लाबाङमा गरेको विरोध सभामा बोल्दै कांग्रेसले संविधानको रक्षाका निमित्त आन्दोलन थालेको बताए ।

‘अब वडास्तरसम्म कांग्रेसले विरोधका कार्यक्रम राखेको छ, जनताको अधिकार रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि सबैलाई म विरोधका कार्यक्रममा सहभागी हुन आग्रह गर्दछु,’ उनले भने ।

विरोध ¥यालीले बजार परिक्रमा पछि भएको सभामा जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, क्षेत्रीय सभापति राज्यप्रसाद लिम्बु, महाधिवेशन प्रतिनिधि बसन्ती गुरुङ लगायतले बोलेका थिए ।

 

तपाईको प्रतिक्रिया