काठमाडौँ । सडकमा राजतन्त्र पुनर्स्थापनाको मा गर्दै विभिन्न आन्दोलन भइरहेका बेला राजतन्त्रको माग गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल ओलीलाई पुनः राजगद्दीमा फर्कन अनुरोध गरिएको छ ।

‘फर्क राजा फर्क’ बोलको गीतमा अर्जुन खड्काको शब्द तथा संगीत रहेको छ । गीतमा राजालाई भगवानको अवतारको रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा तृप्ति खड्का, कृष्ण केसी, दीपिका बयम्बु, सूर्य विनायक, कालिका रोका, मोहन केसी, मिना अधिकारी, कुशल बेलबासी, अनुजा पुडासैनी र अर्जुन खड्काको संयुक्त स्वर सुन्न सकिन्छ ।

भिडियोमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । साथै भिडियोमा राजतन्त्र फर्काउन भएका आन्दोलनका दृश्यहरु पनि समेटिएको छ ।

भिडियोमा मौसमी मल्ल, राजाराम पौडेल, रमा थपलिया, गोविन्द राई लगायतको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

तपाईको प्रतिक्रिया