काठमाडौं, मंसिर २४ । मंसिर १० र २१ गते दुई चरणमा भएको आमनिर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

प्रतिनिधिसभातर्फ अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । एमालेले ६३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले २१ स्थानमा जित दर्ता गरेको छ ।

नेपाली कांग्रेसले भने अहिलेसम्म १३ स्थानमामात्र जित निकालेको छ । त्यसैगरी, संघीय समाजवादी फोरम नेपालले ३, राजपा नेपालले ५, राप्रपाले १ र नयाँ शक्ति पार्टीले १ स्थानमा जितेका छन् भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार चितवन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका कृष्णभक्त पोखरेल ४४ हजार ६७० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरे ।

यस्तै, बारा–४ बाट राजपाका इकवाल मियाँ २२ हजार २७५ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका देवनारायण चौधरीले २० हजार ६०७ मत पाएका छन् ।

रुपन्देही–१ बाट एमालेका छविलाल विश्वकर्मा ३४ हजार ७५२ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अब्दुल रज्जाकले २६ हजार ८८५ मत पाए ।

तपाईको प्रतिक्रिया