झापा । प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा बाम गठबन्धनले जीत हासिल गरेको छ । आज दिउँसो सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणाम अनुसार एमाले, माओवादी, राप्रपा गठबन्धन विजयी बनेका हुन् । झापा क्षेत्र न. १ मा प्रतिनिधिसभा सदस्यमा राम कार्की विजयी हुनुभएको छ । नेकपा माओवादी कोन्द्रका स्थायी कमिटी सदस्य कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँ निकटतम् प्रतिस्पर्धी विश्वप्रकाश शर्मासँग २ हजार ८ सय ७३ मतान्तरमा विजयी बन्नुभएको हो । शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गर्नुभयो ।
झापा क्षेत्र नं.४ मा वामगठबन्धनका उम्मेदवार लालप्रसाद साँवा (एलपी) विजयी बन्नुभएको छ । १६ हजार ६ सय ९३ मतान्तरमा कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई पराजित गर्दै उहाँ विजयी बन्नुभएको हो । साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गर्नुभयो भने थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गर्नुभयो ।
झापा क्षेत्र नं. ५ मा वामगठबन्धनका उम्मेदवार केपी शर्मा ओली विजयी बन्नुभयो । ओलीले २८ हजार ८ सय ४२ मतको अन्तरले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गर्नुभयो । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गर्नुभयो भने कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गर्नुभयो ।
प्रदेशसभातर्फ झापा क्षेत्र नं. १ को क मा एमालेका श्रीप्रसाद मैनाली विजयी बन्नुभएको छ । उहाँले कांग्रेस उम्मेदवार केशवराज पाण्डेलाई ५ हजार ७ सय ३२ मत अन्तरले जीत हासिल गर्नुभयो । मैनालीले २२ हजार ९ सय ७२ मत प्राप्त गर्नुभयो भने पाण्डेले १७ हजार २ सय ४० मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं. १ कै ख मा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी बन्नुभएको छ । उहाँले कांग्रेसका उम्मेदवार अशोककुमार पोखरेललाई ७ हजार ८ सय ६१ मत अन्तरले जीत हासिल गर्नुभयो । बुढाथोकीले १७ हजार ८ सय ३९ मत प्राप्त गर्नुभयो भने पोखरेलले ९ हजार ९ सय ७८ मत प्राप्त गर्नुभयो ।
क्षेत्र नं. २ को क मा नेकपा एमालेका एकराज कार्की विजयी बन्नुभएको छ । कार्कीले कांग्रेस उम्मेदवार लक्ष्मण खड्कालाई पराजीत गर्दैै विजयी बन्नुभएको हो । कार्कीले २१ हजार २ सय ८४ मत प्राप्त गर्नुभयो भने खड्काले १२ हजार ७ सय ९२ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतान्तर ८ हजार ५ सय ६२ रहेको छ । क्षेत्र नं. २ को ख मा एमालेका बृख प्रधान विजयी बन्नुभएको छ । उहाँले कांग्रेसका उम्मेदवार खड्ग प्रसाईंलाई ७ हजार ९१ मतले पछि पार्दै विजयी बन्नुभएको हो । प्रधानले २५ हजार ४ सय २१ मत प्राप्त गर्नुभएको छ भने प्रसाईंले १८ हजार ३ सय ३० मत प्राप्त गर्नुभयो ।
झापा क्षेत्र नं. ३ को क मा एमालेका बसन्त बानियाँ निर्वाचित हुनुभएको छ । कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीलाई पछि पार्दै उहाँ विजयी बन्नुभएको हो । बानियाँले २२ हजार ५ सय ५३ मत प्राप्त गर्नुभयो भने राजवंशीले १७ हजार ५ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर ५ हजार ५ सय ४८ मत रहेको छ । क्षेत्र नं. ३ कै ख मा माओवादीका पूर्णसिंह राजवंशी निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका उम्मेदवार भगीरथ पोद्दारलाई पछि पार्दै निर्वाचित हुनुभयो । राजवंशीले २२ हजार ६५ मत प्राप्त गर्नुभयो भने पोद्दारले १४ हजार ७ सय ५३ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर ७ हजार ३ सय ३० रहेको छ ।
क्षेत्र नं. ४ को कमा नेकपा माओवादीका झलकसिंह दर्लामीले कांग्रेसका उम्मेदवार किरण भट्टराईलाई ४ हजार ७ सय ७५ मतको मतान्तरले विजयी हुनुभएको छ । दर्लामीले १७ हजार २ सय ५६ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले १२ हजार ४ सय ८१ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं. ४ को ख मा एमालेका हिरा थापा निर्वाचित हुनुभएको छ । थापाले २४ हजार ९ सय १ मत प्राप्त गर्नुभयो भने कांग्रेसका उम्मेदवार उत्तम सुवेदीले १४ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । थापा र सुवेदीबीचको मतान्तर ९ हजार ९ सय ३६ रहेको छ ।
झापा क्षेत्र नं. ५ को क मा नेकपा एमालेका हिक्मत कार्की निर्वाचित भएका हुनुभएको छ । उहाँले २४ हजार ९८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अनिलकृष्ण प्रसाईंले १८ हजार ६ सय ३६ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतान्तर ५ हजार ४ सय ६२ रहेको छ । क्षेत्र नं. ५ को ख मा नेकपा एमालेका अर्जुन राई निर्वाचित हुनुभयो । उहाँले ३० हजार ९ सय ७६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजनबहादुर ढुंगानाले १० हजार ९ सय ९३ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतान्तर १९ हजार नौ सय ८३ रहेको छ ।
झापामा ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेपनि ४ लाख १४ हजार ९ सय १ मत खसेको थियो । प्रतिनिधि तथा प्रदेशसभा गरी १ सय ४१ जना उम्मेदवार चुनावी मैदानीमा उत्रिएका थिए ।
झापा क्षेत्र नं. १ मा ७५ हजार ९ सय ७० मत खसेको थियो भने सदर मत ७३ हजार ३ सय ३ मत र बदर मत संख्या २ हजार ६ सय ७६ रहेको छ । क्षेत्र नं. २ मा ८५ हजार ८ सय १६ मत खसेको छ । क्षेत्र नं. ३ मा ८२ हजार ९ सय २४ मत खसेको छ भने क्षेत्र नं. ४ मा ७७ हजार ३ सय २५ मत खसेको छ । क्षेत्र नं. ५ मा ९३ हजार ४८ मत खसेको बताइएको छ ।