काठमाडौं । लोपोन्मुख मौलिक कला संस्कृति संरक्षण गर्ने उदेश्यका साथ आयोजित ख्याली प्रतियिोगिताको उपाधि कुमार विक र आर्या तेयुङको समूहले जितेको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपूरस्थित चोलुङ पार्कमा आयोजित समारोहका बीच प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको हो । विश्वव्यापी प्रतियोगितामा विजयी विक र तेयुङको समूहले नगद ३० हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै, पाँच वर्षका मिराक लिम्बू दोश्रो भएका छन् । लिम्बूले नगद २० हजार रुपैयाँ र प्रमाण पत्र पाएका छन् ।

यस्तै, एबि मुरिङ्ला र अनुपा साँवादेनको समूहले तेश्रो भएका छन् । उनीहरुले १० हजार रुपैयाँ र प्रमाण पत्र पाएका छन् । प्रतियोगितामा मोहनसिंह माबोहाङ र सुमिना सेनेहाङको टोली तथा नियाराफुङ मादेन सान्त्वाना भएका छन् ।

सान्त्वाना हुनेले पाँच हजा रुपैयाँ नगदसहित प्रमाण पत्र पाएका छन् । प्रतियोगितामा भावना नेम्वाङ, योगिता चोङवाङ, माङहाङ्मा याक्थुङ्मा, पृथ्वीमाया र धनप्रसाद खेवा तथा निङवाहाङ्मा ताम्लिङ उत्कृष्ट दशमा परेका छन् ।

प्रतियोगितामा विजयीहरुलाई पुर्वराज्यमन्त्री सीता गुरुङ र लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङले पुरस्कृत गरेका छन् । प्रतियोगितामा नेपाल र भारतबाट ८१ जना सहभागिता थिए ।

   

तपाईको प्रतिक्रिया