काठमाडौं, मंसिर २४ –प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि एमालेले पहिलो स्थान कायमै राखेको छ ।
अहिलेसम्म घोषित मतपरिणाम अनुसार एमालेको एकलाख ८५ हजार ७ सय ३७ मत आएको छ । कांग्रेसको एकलाख ७८ हजार १ सय ४१ मत छ ।
तेस्रो स्थानमा रहेको माओवादीले एकलाख पनि पुर्याउन सकेको छैन । उसको ८३ हजार ४ सय १३ मत आएको छ । चौथो स्थानमा रहेको नयाँ शक्तिको ७ हजार ७ सय ७ र पाँचौं स्थानमा रहेको राप्रपाको ७ हजार ३ सय ९३ मत छ ।
राजपाको ६ हजार ३ सय ७३ र विवेकशील साझा पार्टीको ५ हजार ९ सय ७४ मत आएको छ ।