स्याङ्जा, मंसिर २४ –दलहरुको विवादका कारण स्याङ्जामा रोकिएको मतगणना आइतबार बेलुकीबाट सुरु भएको छ । दलहरुका विवादका कारण चार दिनदेखि स्याङ्जामा मतगणना रोकिएको थियो ।
कांग्रेस र वाम गठबन्धनका कार्यकर्ता बुथ कब्जा गरेको आरोप एकअर्कालाई लगाइरहेका थिए । वाम गठबन्धनका कार्यकर्ताले पुनः चुनाव गराउनुपर्ने माग गरेपछि विवाद समाधान हुन सकेको थिएन ।