मोरङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम सार्बजनिक भईरहँदा प्रदेश नम्बर १ मा धेरै हेभिवेट नेताहरुले पराजय भोग्न बाध्य भएका छन । मतगणनाका क्रममा कोही झिनो मतान्तरले पराजित भएका छन् भने कोही फराकिलो मतान्तरले पराजित भए । यसरी पराजित हुनेमा सरकारका मन्त्रीदेखि पार्टीमा स्थापित र चर्चित नेताहरु नै रहेका छन ।  उनीहरुले निर्बाचनमा यसरी पराजय भोगेका उनीहरुले पानी समेत भन्न पाएनन् ।

डा. शेखर कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा वीपीपुत्र डा. शेखर कोइराला एमालेका चर्चित नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितसँग पराजित भएका छन् । मोरङ क्षेत्र नंं. ६ का उम्मेदवार कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याए भने उनलाई पराजित गरेका लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएका छन् ।

पुर्वमन्त्री सुनिल बहादुर थापा

राप्रपा प्रजातान्त्रिकका सुनिलबहादर थापा एमालेका राजेन्द्र राईसँग धनकुटामा पराजित भएका छन । राईले ३७ हजार ३३३ मत ल्याएका हुन् । थापाले २६ हजार ८७४ मत पाए । राप्रपा प्रजातान्त्रिकले धनकुटाबाट पनि जितको अपेक्षा गरेको थियो । पूर्व मन्त्री सुनिल थापा स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत हुन् ।

पुर्वमन्त्री महेश आचार्य

नेपाली काँग्रेसका नेता तथा पुर्बमन्त्री समेत रहेका महेश आचार्य मोरङको क्षेत्र नम्बर ४ बाट पराजित भएका छन । उनलाई माओबादी केन्द्रका अमनलाल मोदीले पराजित गरेका हुन । मोदीले ३३ हजार ५ सय २९ मत प्राप्त गर्दा कांग्रेसका महेश आचार्यले २६ हजार ८ सय मात्र मत प्राप्त गरेका थिए ।

कृष्णप्रसाद सिटौला

झापाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि लज्जास्पद पराजय भोगेका छन । राप्रपाका राजेन्द्र लिङ्देन ले फराकिलो मतान्तरका साथ सिटौलालाई पाखा लगाएका छन । उनीहरुको मतान्तर १२ हजार भन्दा बढी रहेको छ । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए ।  कांग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याए ।

बिश्वप्रकाश शर्मा

झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका चर्चित युवा नेता विश्वप्रकाश शर्माले पनि पराजित भएका छन । माओवादी नेता कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउँदा कांग्रेस नेता विश्वप्रकाश शर्मा ३३ हजार ३ सय १० मत प्राप्त गरे । निर्बाचन अगावै उनले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका थिए । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएर असल राजनीतिक संस्कारको शुरुवात समेत गरेका छन ।

पुर्वेली न्युजबाट ।

तपाईको प्रतिक्रिया