काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् ।

शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सु? गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । उनले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्र हलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् । मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् ।

 

मन्त्री मानन्धरले सबै गीतह?को रोयल्टीसमेत तिरेर आफुले गीत गाएको बताए । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतह? गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अ?णा लामालगायतले गाएको गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले राजनीति र गायनसंगै अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिएकी थिइन् । शाक्यले देशको राजनीतिक अबस्थाम केही बदलाव आए पनि जीम्मेवार रूपमा मन्त्रीह?ले जनताको बीकासको चाहना पुरा गर्न लागेको बताए ।

सूचना तथा सन्चार प्रविधि मन्त्री पार्बत गु?ङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे ।

आयोजक संस्थाका नेपाल अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने बिश्वकै पहिलो मन्त्री भएको बताए ।

तपाईको प्रतिक्रिया