गीता मिजार,
हरेक कालो बादलमा चाँदीको बाला भेटिन्छ ।
पानीको थोपा थोपामा आगोको ज्वाला भेटिन्छ ।
यस्तो देशको नागरिक हुँ, गर्वले छाती फुल्छ,
नेपाली रगतको स्वरोजगारका माला भेटिन्छ ।
पराईको भुमिमा बलिदान कति र कहिलेसम्म,
यतै खोजौ भविष्यको उज्यालो पाला भेटिन्छ ।
बुझ्नुस डलर जिन्दगी हैन, जिन्दगी डलर हो,
रमाउन सिकौँ तब मात्र सन्तुष्टिको ज्याला भेटिन्छ ।
मेहनत जहाको होस,फलको स्वाद उस्तै हुन्छ,
हातेमालो हुन्छ जहाँ खुसीको नदीनाला भेटिन्छ ।
– सुन्दरबजार, लमजुङ ।