झापा, मंसिर २४– एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले ५७ हजार १ सय ३९ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिद्न्वदी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।