उदयपुर, मंसिर २४– उदयपुरको प्रदेशसभामा कांग्रेसले खाता खोलेको छ । उदयपुरको क्षेत्र नम्बर १ को ख क्षेत्रमा कांग्रेसका हिमाल कार्की विजयी हुनुभएको हो । उहाँले १६ हजार ७ सय ९२ मत ल्याउनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका रामवहादुर थापामगरले १५ हजार १ सय ९५ मत प्राप्त गरको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया