काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दुई तिहाईको सरकारले जनमतको अपमान गरेको बताएका छन् ।

उनले ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको भन्दै ओलीक्रेसीको प्रतिवाद गर्न आव्हान गरेका छन् ।

‘दुई तिहाईको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ । जनमतको योभन्दा ठूलो अपमान अर्कोे केही हुनै सक्दैन,’ उनले ट्वीट गर्दै लेखेका छन्, ‘स्थापना भएदेखि उदाङ्गिएको ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको छ । ओलीक्रेसीको प्रतिवाद गरौँ देशलाई थप संकटमा जानबाट रोकौं ।’

तपाईको प्रतिक्रिया