गुराँस न्युज । तेह्रथुम, २४ मंसिर । तेह्रथुम प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा नेकपा एमालेका तेजमान कन्दङवा विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलार्ई २ हजार २ सय ५५ मतले पराजित गर्नुभएको हो । कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गर्नुभएको छ भने तुम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गर्नुभएको छ । जिल्लाका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका सम्मिलित सो प्रदेश निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ८८ मतदाता रहेकामा १९ हजार ९ सय ६३ मत खसेको थियो । सो क्षेत्रका ७ सय १२ मत बदर भएको छ ।
कुल मतदाता – ३०,५८८
खसेको मत – १९,९६३
सदर मत – १९,२५१
बदर मत – ७१२
अन्तिम मत परिणाम
एमाले – १०३०२
कांग्रेस – ८०४७
संघीय समाजवादी – ८२
जनमुक्ति पार्टी – ५३
नयाँ शक्ति – १४६
राप्रपा राष्ट्रवादी – ६८
मंगोल नेशनल अर्गनाइजेसन – २७
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च – ५२३