
गुराँस न्युज । तेह्रथुम, २४ मंसिर । तेह्रथुम प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा नेकपा एमालेका लक्ष्मण तिवारी विजयी हुनुभएको छ । तिवारीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गर्नुभएको हो । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको छ भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ । जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।